सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

दार्चुला । आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो ।

मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताउनुभयो । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।

प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन सुरु भएको एकरदुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

उहाँकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन् । यस्तै, यो सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ ।

प्रि-मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?