दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डमा रहेको डाडाबाग आधारभुत विद्यालय तल्ला सुण्डमुण्डका प्रधानाद्यापक गगन सिह ठगुन्ना (जीवन) द्वारा लिखित ‘जलेको तस्बिर’ कथा संग्रह र ‘कमल कोपिला’ नामक खण्ड काव्य को बिमोचन गरिएको छ ।

मंगलबार (आज) नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको प्रमुख आतिथ्यतामा दुबै पुस्तकको बिमोचन गरिएको रेडियो लोकदर्पणका नौगाड समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो । पुस्तक बिमोचन कार्यक्रममा नौगाड गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै आज बसेको नौगाड गाउँपालिका गाउँकार्यपालिका र गाउँपालिकाका स्टापहरूको बैठकले गाउँपालिका भित्र भएका विकास निर्माणका योजना तथा कार्यक्रमहरूको समिक्षा लगायत विभिन्न निर्णयहरू गरीएको धामीले बताउनुभयो ।





प्रतिक्रिया