दार्चुलाका थप ५ ओटा  सीमा नाका खोल्न मन्त्री ठगुन्नाले गरेको प्रस्ताव स्वीकृत

दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले दार्चुलाका थप ५ ओटा सीमा नाका खोल्न मन्त्रि परिषद्को बैठकमा पेश गरेको प्रस्ताव स्वीकृत भएको छ ।

दार्चुलाको लेकमको लाली, मालिकार्जुनको जौलजिवी, महाकालीको दत्तु, व्यासको तिगरम र सितापुल सीमा नाका खोल्ने प्रस्ताव स्वीकृत भएको हो ।

खलंगाबाहेक नेपाल भारत जोड्ने अरु सीमा पुल नखुल्दा समस्या भएको भन्दै यस अघि स्थानीयहरुले गुनासो गरेका थिए । सोही गुनासोलाई मध्यनजर गर्दै मन्त्री ठगुन्नाले १४ गतेको मन्त्री परिषद बैठकमा जिल्लाका अन्य सीमा पुलहरु खोल्न मन्त्री परिषदको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । खलंगा सीमा पुल भने गत महिना देखि खुला गरिएको छ ।

कोरोना संक्रमणको कारण गत चैतबाट अन्तराष्टिय सीमा नाकाहरु बन्द गरएका थिए । मन्त्री ठगुन्नाले मन्त्रिपरिषद्मा पेश गरेका सीमा नाका खोल्ने प्रस्ताव स्वीकृत भएको मन्त्री ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो।

नेपाल सरकारले देशभरीका ३० ओटा अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय संगै दार्चुलाका खलंगा नाका पनि माघ अन्तिमदेखि भारतको सहमतिमा खोल्न थालिएको छ । प्रहरीका अनुसार खलंगा नाका बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दै आएको छ ।

अन्य नाकाहरु पनि भारतले एक तर्फि रुपमा खोले पनि नेपाली पक्षले खोलेको थिएन । मन्त्री ठगुन्नाको प्रस्ताव स्वीकृत भएसंगै अब दत्तु, जौलजीवि, लाली, तिग्रम र सितापुल नाका नियमित खुल्न भएका हुन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?