दार्चुलाका प्रजिअ पोखरेलको बिदाइ

दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको बिदाइ गरिएको छ ।

कर्मचारी मिलन केन्द्र दार्चुलाले आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी पोखरेलको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा सहभागीहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई मायाको चिनोसहित दार्चुलाबाट विदाई गरेका हुन् ।

२०७७ असार १० गतेबाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर दार्चुला आउनुभएका प्रमुख जिल्ला अधिकारी पोखरेलको गत शुक्रबार सरुवा भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेललाई गृह मन्त्रालयले दार्चुलाबाट जिल्ला प्रशासन कार्यालय मोरङ सरुवा गरेको हो । गृह मन्त्रालयले सरुवा गरेको एकहप्ता पछि पोखरेलाई बिदाइ गरिएको हो ।

पोखरेलको बिदाइ सगै दार्चुलामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयबाट सिद्धराज जोशी दार्चुला आउने भएका छन । उहाँले आइतबार देखी कार्यालय सम्हाल्ने भएपछि विहिबार पोखरेलको बिदाइ गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?