उचाकोटमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु, चार घाइते

दार्चुला । दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र गाडी धनी पन्तका आमा सुनादेबी पन्त रहेको घटनास्थलबाट हरि जोशीले जानकारी दिनुभयो ।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ब ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुदा चालकसहित तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो । जीपमा सवार अरु चार जना घाइते रहेको स्थानीय रमेश धामीले बताउनुभयो ।

घाइतेहुनेहरुमा बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त रहेको बताइएको छ ।
दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको नयाँ जीप रहेको स्थानीयले बताएका छन् ।

सडकबाट भण्डै डेढ सय मिटर तल खसेको जीप क्षत विक्षत भएको छ । दुर्घटनापछि पन्त परिवार शोकमा डुबेको छ ।

अहिले स्थानीय र प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ । घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तस्बिर : लोकदर्पण समाचारदाता पुष्कर नाथ

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?