दार्चुला । दार्चुलामा कोरोना विरुद्धको दोस्रो चरण खोप अभियान आईतबारबाट सुरु भएको छ ।

आईतबार बाट यहि फागुन २७ गते सम्म जिल्लाका ९ वटै स्थनीयतहका ७८ वटा खोप केन्दै बाट ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइन लागेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दोस्रो चरणको खोप अभियान सुरु भएको आज पहिलो दिन जिल्लाका ९ वटै स्थानीयतहका एक हजार ८ सय ८९ जना ६५ बर्ष माथिका जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन ।

पहिलो दिन आज जिल्लाको ब्यास गाउँपालिकामा २ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।

त्यस्तै दुँहु गाउँपालिकामा १ सय ७० जना, महाकाली नगरपालिकामा ३ सय २० जना, नौगाड गाउँपालिकामा १ सय १० जना, र अपि हिमाल गाउँपालिकामा १ सय ८० जना ६५ बर्ष माथिका नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन ।

त्यस्तै जिल्लाको मार्मा गाउँपालिकामा २ सय ८० जना, शैल्यशिखर नगरपालिकामा २ सय १० जना, मालिकार्जुन गाउँपालिकामा २ सय ६१ जना र लेकम गाउँपालिकामा १ सय २८ जना गरि पहिलो दिन १ हजार ८ सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय दार्चुले तथ्याङ्क रहेको छ ।

सरकारले दास्रो चरणमा देशभरिका ६५ बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन लागेको हो । जिल्लामा खोप लगाउन जेष्ठ नागरिकको उत्साहजनक सहभागिता रहेको स्वास्थ्य कर्मीहरुले बताएका छन ।

जिल्लामा दोस्रो चरणमा ८ हजार बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

९ वटै पालिकाका ७८ वटा खोप केन्द्रहरुमा ८४ जना खोप दिने स्वास्थ्यकर्मी तथा २ सय ६१ जना स्वयंसेवक खटिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पहिलो चरणमा अस्पतालहरुबाट मात्रै लगाइएको कोरोना विरुद्धको खोप अब गाउँ–गाउँका स्वास्थ्य संस्थाहरुबाट लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ ।

स्वास्थ्य संस्थाबाट मात्रै खोप लगाइने भएकाले कोरोना विरुद्धको खोप लगाउनका लागि नजिकको पाइक पर्ने स्वास्थ्य संस्थामा गई लक्षित समुहले खोप लगाउन स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?