दार्चुला । दार्चुलामा मतदाता नामावली सङ्कलन सुरु गरिएको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेपछि स्थगित मतदाता नामावली सङ्कलन दार्चुलामा बिहीबारदेखि पुन सुरु गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाले यही चैत ५ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक को काम शुरु गरेको जनाएको छ । गत पुष ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्बोच्चको निर्णयपछि पुनस्थापना भएसंगै निर्वाचनको कार्यक्रम स्थगित भएको छ ।
कार्यालयका अनुसार गत पुस ५ गतेसम्म दार्चुलामा ४२ हजार २ सय ७६ पुरुष र ४० हजार ९ सय १८ जना महिला गरी ८३ हजार १सय ९४ जना मतदाता रहेका छन् भने १ सय १० मतदानस्थल रहेका छन् ।
१८ वर्ष उमेर पुगेका तथा मतदाता नामावलीमा नाम लेखाउन छुटेका नेपाली नागरिकले फेरी मतदाता नामावलीमा नाम लेखाउन सक्ने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदिप सिह धामीले बताउनुभयो ।





प्रतिक्रिया