दार्चुलामा बाख्रामोडल फर्मको स्थापना गरिने

दार्चुला । दार्चुलाका पाँच वटा स्थानीय तहमा बाख्रामोडल फर्मको स्थापना गर्न लागिएको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा बाख्रामोडल फर्म स्थापना गर्न लागिएको हो । जसमा लेकम, मालिकार्जुन, दुहुँ गाउँपालिका, शैल्यशिखर र महाकाली नगरपालिकामा रहेका छन् ।

पशु विकास कार्यक्रम अन्तरर्गत बाख्रा पालनलाई थप सुधार्दै उत्पादनमा वृद्धि र पशु प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रामोडल फर्म स्थापना गर्न लागिएको जनाइएको छ ।

जसका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले चालु आर्थिक वर्षमा झण्डै ३० लाख रुपैँया बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?