सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।

रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि बताउनुभयो ।

‘सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले ग¥यौँ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू ग¥यौँ । अरू पनि सामाजिक सुरक्षाका काम हामी गर्दै जान्छौँ । सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?