अपिहिमाल गाउँपालिकामा भेडा पालन सम्बन्धी ३ दिने तालिम सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा भेडा पालन सम्बन्धी ३ दिने स्थलगत तालिम सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री एकिकृत कृषि तथा पशु विकास कार्यक्रम अन्तरगतको ३ दिने स्थलगत तालिम आज सम्पन्न भएको हो ।

प्रदेश सरकार द्धारा अपिहिमाल गाउँपालिकामा मुख्य मन्त्री कृषि तथा पशु विकास कार्यक्रम सञ्चालनमा रहेको छ । गत बर्षबाट गाउँपालिकामा सञ्चालनमा रहेको उक्त कार्यक्रममा यो बर्ष पनि ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको चौलानी भुमिराज भेडा पालन कृषक समुहले यो बर्ष गाउँपालिकाको वडा नम्बर २ र ६ मा कार्यक्रम सञ्चालनमा रहेको जनाएको छ ।

मुख्य मन्त्री एकिकृत कृषि तथा पशु विकास कार्यक्रम अन्तरगत कृषक समुहले विभिन्न योजनाहरु बनाएर कार्यक्रम सञ्चालन गरिरहेको चौलानी भुमिराज भेडा पालक कृषक समुहका अध्यक्ष दिलमाया लोत्थ्यालले जानकारी दिनुभयो ।

गाउँपालिकालाई कृषि क्षेत्रमा समृद्ध बनाउनको लागी प्रदेश सरकारले सञ्चालन गरेको उक्त कार्यक्रमले गाउँपालिकामा भेडा पालनमा लागेका कृषकहरुको लागी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रम अन्तरगत गाउँपालिकाको वडा नम्बर २ र ६ मा भेडा पालनमा लागेका कृषकहरुको लागी भेडा चरन क्षेत्रमा पानि ट्याङ्की निर्माण गर्ने, ऊन बनाउनको लागी आधुनिक मेसिन, मासु कटिङ्को लागी आधुनिक मेसिन, सोलार खरिद गर्ने, काठे पुल निर्माण गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष लोत्थ्यालले जानकारी दिनुभयो ।

गत बर्ष पनि गाउँपालिकामा उक्त कार्यक्रम अन्तरगत ५० लाखमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रम अन्तरगत चैत १३ गते देखि सञ्चालन गरिएको स्थलगत तालिममा गाउँपालिकाको वडा नम्बर २ र ६ का ७२ जना कृषकहरुको सहभागीता रहेको थियो । तालिममा कृषहरुलाई भेडा पालन बारे विनिन्न जानकारी गराइएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?