दार्चुला । चालू आर्थिक वर्षभित्रै सबै तुइन विस्थापन गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले निर्देशन दिनुभएको छ । दुर्गम क्षेत्रका स्थानीयलाई सहज आवतजावतको व्यवस्था मिलाउन तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न मन्त्री ठगुन्नाले निर्देशन दिनुभएको हो ।
मन्त्रालयले दोस्रो चौमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठकमा मन्त्रीले सो निर्देशन दिनुभएको हो । उहाँले अहिलेसम्मको बजेट प्रगति खर्चलाई सन्तोषजनक भन्नुभएको छ ।
अन्तर मन्त्रालयको प्रभावकारी समन्वय हुन नसक्दा आयोजना र कार्यक्रम सञ्चालनका लागि समयमै कार्यविधि बन्न नसकेको भने मन्त्रालयले स्वीकार गरेको छ । चालू आर्थिक वर्षमा २९ अर्ब ९ करोड २६ लाख बजेट बिनियोजन गरिएको थियो । दोस्रो चौमासिक सम्म छुट्याइएको बजेटमा ४ अर्ब १५ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ ।
२०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । जतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाली गनुएभएको थियो । तर अहिलेसम्म पनि केहि ठाउँमा तुइन विस्थापन हुन बाकी छन् । दार्चुलाका चार स्थानमा तुइन विस्थापनका लागि महाकाली नदीमा पुल निर्माण थालिएपनि कोरोना भाइरसको महामारी पछि काम सूचारु हुन सकेको छैन् ।





प्रतिक्रिया