राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उद्घाटन गर्नुभएको छ ।

खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक सुरुवात गर्नुभएको हो ।

मेलम्चीको पानी गएको आइतबारदेखि परीक्षणका रूपमा वितरण गर्न थालिएको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार औपचारिक शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपस्थिति जनाउनुभएको छ।

शुक्रवार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेललगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो ।

काठमाण्डौको मीन भवन, अनामनगर, महङ्काल, खुमलटारको पानी ट्याङ्कीबाट पनि पानी वितरण भएको छ । शुक्रवारदेखि काठमाण्डौ उपत्यकामा दैनिक झण्डै आठ करोड लिटर खानेपानी वितरण गरिनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?