नौगाडमा नयाँ उद्यमी सिर्जना गरिदै, पुरानालाई स्तरोन्नती गरिने (फोटोफिचर)

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका विभिन्न चार वडामा नयाँ उद्यमी सिर्जना गर्ने कार्य भइरहेको छ । लघु उद्यम विकास शाखाबाट गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा नयाँ उद्यमी सिर्जना गर्न लागिएको हो ।

उद्यम विकास शाखाको आयोजनामा गाउँपालिका सबै वडामा गरिबी निवारणका लागि लघु उद्यम विकास तालिम प्रदान गरिदै छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभरी ८० जना नयाँ उद्यमीहरु सिर्जना गर्ने लक्ष्य रहेको नौगाडबाट रेडियो लोकदर्पण समाचारबाट प्रकाशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिका वडा नम्बर १ मा अल्लो प्रशोधन तथा बुनाई सीप विकास तालिम अन्तरगत १९ जना महिलाहरुका लागि सीप विकास तालिम सञ्चालनको क्रममा छ । वडा नम्बर २ मा २१ जना उद्यमीहरुका लागि १५ दिने व्यवसायिक तरकारी खेती सीप विकास तालिम सञ्चालनमा रहेको छ । वडा नम्बर ३ मा १२ जना र वडा नम्बर ४ मा ९ जना गरी २१ जना उद्यमीहरुका लागि १५ दिने व्यवसायिक कुखुरा पालन सीप विकास तालिम सञ्चालनमा रहेको ठगुन्नाले बताउनुभयो ।

वडा नम्बर ३ मा ८ जना वडा नम्बर ४ मा १२ जना गरी २० जनाका लागि होजियारी बुनाई सीप विकास तालिम दिन लागिएको छ । वडा नम्बर ३ मा तालिम सुरु भइसकेको छ भने वडा नम्बर ४ मा चैत्र २२ गते (आइतबारदेखि) सञ्चालन गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ४, ५ र ६ मा पुराना उद्यमीहरुलाई स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाका तीन वटा वडाका ४० जना पुराना उद्यमीहरुलाई स्तरोन्नती गर्न लागिएको उद्यम विकास शाखाले जनाएको छ । स्तरोन्नती तर्फ हालसम्म ४३ जना पुराना उद्यमीहरुको आवश्यकता पहिचान गरिएको उहाँले बताउनुभयो ।

सीप सिकेका सबैले उद्यम गर्न सके स्वरोजगारी बृद्धि हुने भएकोले गाउँपालिकाले उद्यमी सिर्जना तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?