दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुर बस्ने देबसिह बोहराका छोरा रामसिह बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जयपुर सामुदायिक बनमा काठ चिरान गरी बुधबार साझसम्म घर नफर्कदा परिवारको तर्फबाट खोजतलास थालिएको थियो ।
आज (विहिबार) बिहान १० बजे जयपुर सामुदायिक बनमा जेठबहुरानी नजिक भिरबाट लडेर मृत्यु भएको अवस्थामा बोहराको शव फेला परेको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउद नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।





प्रतिक्रिया