दार्चुलामा भारतबाट फर्किएका एक जनामा कोरोना पुस्टि

दार्चुला । दार्चुलामा भारतबाट फर्किएका एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुषमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको हो। उनी भारतको उत्तर प्रदेश नोयडाबाट आएका हुन्।

उनलाई जिल्ला अस्पतालको आइसोलेशन राखिएको बताइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले भारतबाट फर्किने नेपालीको पूल घाटमा एन्टिजेन परीक्षण गरिरहेको छ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिन नेपालमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन प्रस्ताव गरेकै बेला सुदूरपश्चिममा भने लापरबाही गर्ने क्रम रोकिएको छैन।

सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएर दैनिक संक्रमणको दरसमेत उकालो लागिरहेको बेला सभा, सम्मेलन र भीडभाड गर्ने व्यवहारमा झनै वृद्धि हुन थालेको छ।

भारतसँगका सीमानाका अस्तव्यस्त एवम् भिडभाडयुक्त देखिन्छन्, जहाँ निगरानी तथा परीक्षण कमजोर पाइएको छ। बजारमा मास्क तथा सेनिटाइजरको प्रयोग र सामाजिक दूरीको पालना जस्ता व्यवहारको पूर्ण बेवास्ता गरिएको पाइएको छ।

स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको कोरोनाभाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई सिफारिस गरिसकेको छ। त्यस्तै २५ जनाभन्दा बढी भेला नहुनसमेत प्रस्ताव गरेको छ।

अहिले नेपालमा देखिएका ‘यूके भेरिएन्ट’को कोरोना भाइरसबाट कम उमेर अर्थात् १८ वर्षमूनीका बालबालिकाहरूमा संक्रमणको उच्च जोखिम रहेकाले शैक्षिक संस्था बन्द गर्न प्रस्ताव गरिएको हो। तर विद्यालयहरूले भने विद्यालय बन्द गरेर मात्र कोरोना रोकथाम हुन नसक्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?