दार्चुला । दार्चुलामा जीप दुर्घटना भएको छ।
शनिबार दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका वडा नम्बर ३ तिमुरबाटातर्फ गइरहेको से १ ज ९११ नम्बरको जीप बेलुकी करिब साढे ७ बजेतिर दुर्घटना भएको हो।
जीप दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
जीपमा चालकसहित ५ जना सवार रहेको बताइएको छ।
जीप सडकबाट दुई सय मिटर तल नदी किनारमा खसेको थियो । जीपमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया