दार्चुलाका आठ पालिका दमकलविहीन, भगौलिक कठिनाइ प्रमुख चुनौती

दार्चुला । सात गाउँपालिका र दुई नगरपालिका रहेको दार्चुलाका आठ वटा स्थानीय तहसंग बारुणयन्त्र (दमकल) छैन् । महाकाली नगरपालिकामा तत्कालीन अपि नगरपालिका हुदा खरीद भएको दमकल समेत करिब प्रयोगविहीन अवस्थामा थन्कीएको छ ।

नौँ वटा स्थानीय तह मध्ये आठ वटामा यातायातको पहुँच भएपनि महाकाली नगरपालिका बाहेक कुनैपनि स्थानीय तहसंग दमकल छैन् । यातायातले स्थानीय तहका केन्द्र जोडेपनि अधिकासं गाउँवस्ती सडक पहुँच बाहिर रहेकोले दमकलको प्रयोग गर्न समेत सम्भव नरहेको स्थानीयहरु बताउछन् । भगौलिक कठिनाइ र भएका सडक समेत सूचारु नहुदा दमकल खरिद गरेपनि प्रयोगमा चुनौती देखिने जनप्रतिनिधिहरु बताउछन् ।

नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपकप्रसाद अवस्थी भन्नुहुन्छ, सर्वप्रथम त दमकल को पहुच कहाँ सम्म हुन्छ, आगलागि नियन्त्रणमा दमकल को सहज पहुँच कसरी गर्न सकिन्छ भनेर सर्वे नगरि दमकल प्रभावकारी हुने अवस्था छैन् । पहाडी जिल्लामा अधिकासं वस्ती भिर पाखामा भएका कारण आगलागि हुदा दमकलको प्रयोग गर्न सम्भव नरहेको मन्त्री अवस्थीले बताउनुभयो । महाकाली नगरपालिकाको दमकल समेत प्रयोगको अवस्था नबुझी लहडमा सस्तो लोकप्रियताका लागि ल्याएको कारण प्रयोगविहीन अवस्थामा रहेको कतिपयको प्रतिक्रिया छ । स्थानीय तहहरुले दमकल ल्याउनु भन्दा पनि आगलागि नियन्त्रणमा ठोस योजना वनाई लागू गर्दा केही हदसम्म आगलागीको प्रभाव र असर कम गर्न सकिने अवस्थीले बताउनुभयो ।

दार्चुला सदरमुकामस्थित खलंगा बजारमा अव्यवस्थित बसोबासका कारण सबै क्षेत्रमा दमकल छिर्ने बाटो समेत छैन् । शहरी क्षेत्रमा हुने आगलागी नियन्त्रणमा दमकल प्रभावकारी देखिएपनि खलंगा बजारमा अव्यवस्थित घर निर्माणले समस्या सिर्जना गरेको छ ।

बर्खायाम शुरु भएदेखि नै ठाउँ ठाउँमा आगलागीका घटनाहरु भएका छन् । आगलागीकै कारण बनजंगल सखाप भएको छ । भने बन क्षेत्र नजिकका कतिपय घरहरुमा समेत क्षती पुगेको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हँुदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण वासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ । वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् ।

आकस्मिक रुपमा आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि आगलागी हुदा समस्या हुने गरेको छ । दमकल अत्यावश्यक भएपनि जिल्लाका ग्रामीण क्षेत्रसम्म सडक यातायातको बिस्तार नै हुन सकेको छैन्, सडक र दमकल भएको महाकाली नगरपालिकाको बजार क्षेत्रमा दमकल छिर्ने बाटो नै नहुदा आगलागी नियन्त्रणमा चुनौती रहेको छ ।

दमकल खरीद गर्न बढी बजेट आवश्यक पर्ने र प्रयोग हुने क्षेत्र ब्यवस्थीत नहुदा दमकल खरीदमा स्थानीय सरकारहरुले समेत चासो दिएका छैनन् । तर आफ्नो लागी महगों गाडी खरीद गरेर सयर गर्न आतुर जनप्रतिनिधिहरुले अत्यावश्यक चिजबस्तु खरिदका लागी उदासीनता देखाएको नागरिकहरुले गुनासो गर्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि हालसम्म यस सम्बन्धी कार्यविधि नबनेको कतिपय स्थानीय तहले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?