दार्चुला । नेपाल गणतान्त्रीक खेलकुद विकास समिति शैल्यशिखर नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगीताको उपाधी लोकदर्पण मिडिया ग्रुपले जितेको छ । नयाँ बर्षको अवसरमा बैशाख २ गते देखि सञ्चालन भएको उक्त प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको थियो ।
जसमा रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज तथा लोकदर्पण मिडिया ग्रुप प्रथम भएको छ । त्यस्तै मालिकार्जन जागृती युवा समाज सर्मोली दोस्रो र आयोजक ए तेस्रो भएको लोकदर्पण मिडिया ग्रुपका टिम क्याप्टेन बल्देव सिंह धामीले जानकारी दिनुभयो ।
प्रतियोगीतामा प्रथम भएको लोकदर्पण मिडिया ग्रुपले सात हजार एक सय रुपैया, सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको मालिकार्जुन जागृती युवा समाज सर्मौलीले चार हजार एक सय रुपैया, सिल्ड, प्रमाण प्रत्र र तेस्रो भएको आयोजक ए ले दुई हजार एक सय रुपैया सिल्ड र प्रमाण पत्र पुरस्कार पाएको धामीले बताउनुभयो ।
लोकदर्पण मिडिया ग्रुपको टिममा बल्देव सिंह धामी (क्याप्टेन), किरन सिंह धामी, मदन सिंह खत्री, सन्दीप सिंह धामी, गणेश खडायत, सन्दीप सिंह धामी, राजेश सिंह धामी, सागर धामी र राकेश धामी सहभागि थिए ।
लोकदर्पण मिडिया ग्रुप अन्तरगत रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज, लोकदर्पण टिभी डटकम अनलाइन समाचार पोर्टल, लोकदर्पण डायरी साप्ताहिक पत्रिका, लोकदर्पण टिभी युट्युब च्यानल सञ्चालित छ भने खेल क्षेत्रमा समेत भलिबल टिम तयार गरेर जिल्ला भित्र र बाहिरका विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउदै आएको छ ।





प्रतिक्रिया