दार्चुला । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपालले दार्चुलाका नौ वटै स्थानीय तहमा इन्चार्ज र संयोजक तोकेको छ ।
वाइसिएलका जिल्ला संयोजक सुरेन्द्र बहादुर बमको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दार्चुलाका नेता जमनसिंह धामीको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्लाका नौ वटै स्थानीय तहमा इन्चार्ज र संयोजक तोकेको हो ।
जस अनुसार दार्चुलाको अपिहिमाल गाउँपालिका इन्चार्जमा गोविन्द सिंह धामी र संयोजकमा धिरन सिह ठेकरेलाई जिम्मेवारी तोकिएको छ । मार्मा गाउँपालिकामा इन्चार्जमा देव सिंह ठगुन्ना र संयोजकमा बिक्रमसिंह धामी, शैल्यशिखर नगरपालिका इन्चार्जमा सन्तोष भण्डारी र संयोजकमा चुडामणी साउदलाई चयन गरिएको छ ।
लेकम गाउँपालिका इन्चार्जमा प्रेम विष्ट र संयोजकमा नन्द राज ओझा, मालिकार्जुन गाउँपालिकाको इन्चार्जमा पुरन विक र संयोजकमा विसन लुहार, महाकाली नगरपालिका इन्चार्जमा विरेन्द्र डोबाल र संयोजकमा धनिराम विक, दुँहु गाउँपालिका इन्चार्जमा अमर सिंह महरा र संयोजकमा पदम बहादुर कुवर, व्यास गाउँपालिका इन्चार्जमा शेर सिंह कुवर र संयोजकमा नरेन्द्र धामी र नौगाड गाउँपालिकाको इन्चार्जमा नरेन्द्र सिंह ठगुन्ना र संयोजकमा गणेश राम टमटा चयन हुनुभएको छ ।
यस्तै वाइसिएलले सबै स्थानीय तहमा सम्मेलन आयाजना गर्नका लागि मिति तय गरेको छ । वाइसियललाई गतिशील बनाउन विभिन्न विषयमा छलफल भएको वाइसिएल दार्चुलाका इन्चार्ज नरबहादुर बिष्टले बताउनुभयो ।






प्रतिक्रिया