कर्णालीमा ‘फ्लोर क्रस’ गरेका सांसदलाई मन्त्री पद उपहार

दार्चुला । कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिनुभएको छ ।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिएका छन् भने मुख्यमन्त्री आफूलेनै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।

नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भएपनि उनी भने मन्त्री बनेका छैनन् ।

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार (आज) हुने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?