२४ घण्टामा थप १०१५ जनामा कोरोना सङ्क्रमण

दार्चुला । पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेनसहित पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ जना निको भएका छन् । अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?