भारतीय दूतावासद्वारा महेन्द्र नमुना माबि खलंगालाई स्कूल बस हस्तान्तरण

दार्चुला । भारत सरकारले दार्चुलाको महेन्द्र नमुना माबि खलंगासहित नेपालका विभिन्‍न जिल्लामा रहेका सरकारी तथा विभिन्‍न गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरेको छ।

नेपाल स्थित भारतीय राजदुताबासमा एम्बुलेन्स र स्कूल बस हस्तान्तरण कार्यक्रम विहिबार सम्पन्न भएको महेन्द्र नमुना माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले जानकारी दिनुभयो ।

महेन्द्र नमुना माबि खलंगालाई स्कुल बस उपलब्ध गराउन सहयोग गर्ने भारतीय दुतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र प्रेरणा दिनुभएकोमा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूलाई प्रधानाद्यापक जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यबाद समेत ज्ञापन गर्नुभएको छ । भरतीय राजदुत बिनय मोहन क्वात्राको हात बाट एम्बुलेन्स र बसको चाबि उपहार स्वरुप बितरण गरिएको उहाँले बताउनुभयो ।

काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्‍न सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई बिहीबार ती एम्बुलेन्स र बस हस्तान्तरण गरेको हो। भारत सरकारले उपाहारस्वरुप ती सवारीसाधन उपलब्ध गराएको हो।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कूल बस प्रदान गर्दै आएको छ।

सन् १९९४ यता भारतीय राजदूतावासले करिब ८६२ वटा एम्बुलेन्स प्रदान गरिसके जनाएको छ। यी एम्बुलेन्स नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएको बताइएको छ ।

त्यसैगरी राजदूतावासले आज प्रदान गरेका ६ वटा समेत गरी हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?