मालिकार्जुनमा चट्याङ पर्दा ३ खच्चर मरे, अढाइ लाख बढीको क्षती

दार्चुला । चट्याङ परेर मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २ न्वालपानी, पन्ढुङाका एक स्थानीयका तीन वटा खच्चर मरेका छन् ।

बैशाख ९ गते राती करिब ९ बजे तिर परेको चट्ङले मालिकार्जुन गाउँपालिका वडा नम्बर २ न्वालपानीका स्थानीय गजेन्द्र धामीका घर बाहिर बाधेर राखेका तीन खच्चरहरु मरेको र एक खच्चर गम्भीर घाइते भएको स्थानीय प्रताप धामीले बताउनुभयो ।

सडक सञ्जालले नजोडीएको न्वालपानी क्षेत्रमा सामानहरु ढुवानी गर्न खच्चरहरुको ब्यवसाय गरिरहेका धामीका खच्चर चट्याङले मर्दा अढाइ लाख बढीको क्षती भएको छ भने खच्चर धनी चिन्तामा रहेको धामीले बताउनुभयो ।

केहि दिन यता वर्षासंगै हावाहुरी र चट्याङका कारण धनजनको क्षती भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?