दार्चुला । मालीकार्जुन मावि मडमा कक्षा ६ मा अध्ययनरत १५ वर्षीय विद्यार्थी गोविन्द सिह धामीलाई संकल्प दार्चुलाबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
गत फागुन ३ गते विहान आफ्नै घरमा हातमुख धोइरहेको अवस्थामा जंगली वदेलले आक्रमण गरी धामीलाई धाइते वनाएको थियो । पारिवारिक आर्थीक अवस्था कमजोर रहेका धामी गुड नेभर्स इन्टरनेसनल (जिएनआइ) कोे इस्पेन्सर सहयोगमा अद्ययन गरिरहनुभएको छ ।
हाल भेरी अस्पतालमा उपचाररत धामीलाई जिएनआइको साझेदार संस्था संकल्प दार्चुलाले सिडीपी परियोजनाको विपन्न सिमान्तकृत इस्पेन्सर विद्यार्थीलाई सहयोग गर्ने नीति अनुसार सहयोग हस्तान्तरण गरेको संकल्प दार्चुलाका कार्यकारी निर्देशक नारायन जोशीले बताउनुभयो ।
गोविन्द सिह धामीको उपचारमा सहयोग पुग्ने गरि संकल्प दार्चुलावाट ४८ हजार ३७० रुपैयाँको चेक निजका अभिभावक करन सिह धामीलाइ शुक्रबार हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया