आजदेखि ७२ घण्टे कोरोना रिपोर्ट बिना धारचुला प्रवेशमा रोक

दार्चुला । आजदेखि सीमावर्ती भारतीय बजार धारचुला प्रवेश गर्न ७२ घण्टे अर्थात तीन दिनको कोरोना नभएको (नेगेटिभ) रिपोर्ट देखाउनुपर्ने भएको छ ।

भारतको धारचुला तहशिलले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवत जावत गर्ने व्याक्तिको ७२ घण्टा भित्रको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तहशिल धारचुलाले झोलुंगे पुल छेउमा आफ्नो कोरोना नभएको रिपोर्ट देखाउन निर्देशन गर्दै सूचना टाँस गरेको छ ।

उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य देश वा राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने छ । सोहि अनुसार आइतबार (आज) बाट खलंगा झोलुंगे पुलमा आवत जावत गर्ने व्याक्तिले आफुमा कोरोना नभएको रिपोर्ट देखाएर मात्रै धारचुला आवत जावत गर्न पाउने नियम लागु गरिएको हो

यस अघि भारतको धारचुला बजार क्षेत्रमा ६ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टीएपछि दिउँसो २ बजे देखी साझ ५ बजे सम्म बजार बन्द हुँदै आएको थियो ।

आइतबार (आज) बाट विहानै देखी धारचुला बजारका सबै पसलहरु बन्द गरिएको बताइएको छ । धारचुला बजारका अत्यावश्यक (मेडिकल र अस्पताल) हरु मात्रै खुल्ला रहने जनाएको छ ।

कोरोनाको नयाँ भेरियन्टले मानिसहरुको मृत्यु बढी हुन थालेपछि सरकारले सीमानाकामा कडाई गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?