दार्चुला । स्थानीय जनगणना कार्यालय गोकुलेश्वरले राष्ट्रिय जनगणना सम्बन्धि एक दिने सचेतता मुलक गोष्ठी सम्पन्न गरेको छ ।
स्थानीय जनगणना समन्वय समिति संयोजक तथा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्टको अध्यक्षतामा गोकुलेश्वरमा सञ्चालन गरिएको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर उपप्रमुख राजमति बम पालको प्रमुख आतिथ्यता रहेको थियो ।
स्थानीय सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र पत्रकार लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय जनगणना अधिकारी जनक बहादुर बोहराले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्टले बताउनुभयो ।
मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ संचालन भईरहेको छ । राष्ट्रिय जनगणना २०७८ मा खटिनका लागि दार्चुलामा ४९ जना सुपरीवेक्षक र १९० जना गणक छनौट भएका छन् ।
यो पनि पढ्नुहोस : दार्चुलामा जनगणनाका लागि ४९ जना सुपरीवेक्षक र १९० गणक छनौट





प्रतिक्रिया