दार्चुलामा एकैदिन चार जना कोरोना संक्रमित भेटिए

दार्चुला । दार्चुलामा बुधबार (आज) चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल दार्चुलामा गरिएको एन्टिजेन परीक्षणबाट चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा एक जना सुरक्षाकर्मी र तीन जना स्थानीय रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्र भट्टले जानकारी दिनुभयो ।

एकैदिन चार जनामा संक्रमण भेटिएपछि अहिले जिल्ला अस्पताल दार्चुलामा आकस्मिक बैठक बसिरहेको छ । समुदायमा कोरोना फैलिन नदिन र संक्रमितको उपचारका बारेमा छलफल केन्द्रित रहेको अस्पतालले जनाएको छ ।

केहि दिन पहिले सीमा नाका खलंगामा गरिएको एन्टिजेन परीक्षणमा महाकाली नगरपालिकाका एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?