डडेल्धुरामा कार्यरत दार्चुलाका शिक्षकको कोरोनाबाट मृत्यु

दार्चुला । दार्चुला घर भई डडेल्धुरामा कार्यरत एक शिक्षकको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ स्थित उग्रतारा माध्यमिक विद्यालय पोखरामा कार्यरत ४० वर्षीय शिक्षक धर्मानन्द ओझाको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ ।

बिहीबार उहाँको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

उहाँको घर दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ ल्वातड गाउँमा भएको स्थानीय नरेश अवस्थीले बताउनुभयो ।

शिक्षक ओझाको निधनप्रति दुख व्यक्त गर्दै अमरगढी नगरपालिकाले समवेदना व्यक्त गरेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?