पाँच स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना, संक्रमितको संख्या १७ पुग्यो

दार्चुला । दार्चुलामा विहिबार (आज) पाँच जना स्वास्थ्यकर्मी सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल दार्चुला र विभिन्न स्थानीय तहहरुमा गरिएको एन्टीजेन परीक्षणबाट जिल्लामा विहिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज जिल्लाको शैल्यशिखर नगरपालिकाका तीन जना स्वास्थ्यकर्मीसहित पाँच जनाका कारोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ९ नायलमा चार जनामा र वडा नम्बर ६ ग्वानीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

मार्मा गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मी र एक जना जीप चालक गरी तीन जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत सुजन नेपालीले बताउनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा व्यास गाउँपालिका वडा नम्बर ६ का दुई जना र नौगाड गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि हालसम्म दार्चुलामा पाँच जना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी र १० जना स्थानीयमा कोरोना पुष्टि भएको छ । यसअघि लेकम गाउँपालिकामा एक जनामा पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको थियो । बुधबार जिल्ला अस्पताल दार्चुलामा गरिएको एन्टीजेन परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै दार्चुलामा कोरोनाका संक्रिय संक्रमितको संख्या १७ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको छ ।

बाकी स्थानीय तहमा समेत बाहिरबाट आएकाहरुलाई कम्तिमा १० दिन क्वारेन्टाइनमा बसाल्ने व्यवस्थापन गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाले अनुरोध गरेको छ । सीमामा हेल्थ डेस्कको स्थापना गर्न सम्बन्धित पालिकाहरुलाई भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?