दार्चुलामा आठ एम्बुलेन्स सञ्चालनमा, तीन पालिकासंग छैन एम्बुलेन्स

दार्चुला । दार्चुलाका तीन स्थानीय तहसंग एम्बुलेन्स छैन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा अहिले छ वटा स्थानीय तहका एम्बुलेन्स मात्रै सञ्चालनमा छन ।

दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र अपिहिमाल गाउँपालिकासंग एम्बुलेन्स नरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको अपिहिमाल गाउँपालिकाबाहेका सबै स्थानीय तहको केन्द्रसम्म यातायातको पहुँच पुगेको छ । यातायातको पहुँच नपुगेको अपिहिमाल गाउँपालिकाले मकरीगाडसम्म भएपनि एम्बुलेन्स सेवा सञ्चालन गर्नका लागि एम्बुलेन्स खरिद प्रकृयामा रहेको जनाएको छ । तर सबैभन्दा पहिले पक्की सडकमार्ग विस्तार भएको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन सकेका छैैनन् ।

जिल्लामा कोरोना संक्रमण दर तिब्र बनेकोले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाले जिल्लाका सम्पुर्ण स्थानीय तहलाई एम्बुलेन्स तयारी अवस्थामा राख्न आग्रह गरेको छ । अपिहिमाल गाउँपालिका केन्द्रसम्म यातायात पहुच नभएकोले एम्बुलेन्स सञ्चालन गर्न समस्या रहेको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका सबै वडाहरुमा सडक पहुँच पुगेको भए पनि एम्बुलेन्स सञ्चालन गर्न नसकेको भन्दै स्थानीयले आलोचना गरिरहेका छन् । व्यक्तिगत प्रयोजनका लागी लाखौका सवारी साधन खरिद गरेका स्थानीय तहका जनप्रधिनिले पालिकामा एउटा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसक्नु निकै दुखद भएको स्थानीयहरुको गुनासो छ ।

अहिले दार्चुलामा आठ वटा एम्बुलेन्स भने तयारी अवस्थामा राखिएको बताइएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई आइसोलेसन वार्डसम्म पु¥याउन तथा गम्भीर बिरामीलाई बाहिर रेफर गर्न जिल्लामा आठ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला अस्पताल दार्चुला, गोकुलेश्वर अस्पताल, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाको गरी तत्कालका लागि आठ वटा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।

बिरामीलाई उद्धार गरि अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको र सबै एम्बुलेन्स चालकलाई आवश्यक सुरक्षा सामग्रीको व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा नयाँ भेरियण्टको कोरोना भाइरस फैलिएपछि ११ जना स्वास्थ्यकर्मीसहित २७ जनामा संक्रमण पुष्टि भएको छ ।

समुदायमा कोरोना भाइरसको लक्षणसंग मिल्ने बिरामीको संख्या बढ्दै गएकोले संक्रमितको संख्या बढी हुनसक्ने वा समुदायमा कोरोना फैलिसकेको हुनसक्ने कुरालाइ मध्यनजर गरेर जीवन रक्षाका लागि स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्वास्थ्यकर्मीहरुले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?