दार्चुलामा कोरोनाका ५० संक्रिय संक्रमित, गाउँगाउँमा बिरामी, जाँच छैन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरू गाउँगाउँमा छन् । शुक्रबार खरकडा स्वास्थ्य चौकीमा पाँच जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । संकास्पद व्याक्तिहरुको प्रयाप्त परीक्षण भए धेरैमा संक्रमण पुष्टि हुने अवस्था रहेको छ । तर अधिकासं बिरामीको परीक्षण हुन सकेको छैन ।

‘हन्हन्ती ज्वरो आउने, रूघाखोकी, हात, खुट्टा र टाउको दुख्नेलगायत लक्षणका बिरामी गाउँगाउँमा थला परेका छन्, लेकम गाउँपालिकाका स्थानीय मनोज जोशीले भन्नुभयो, ‘हेर्दा, सुन्दा कोभिडकै जस्तो लक्षण देखिन्छ, तर न जाँच छ, न त उपचार नै । लेकममा मात्र हैन अधिकासं स्थानीय तहमा कोरोनाको लक्षणसंग मिल्दाजुल्दा बिरामी देखिएका छन् ।

खरकडा स्वास्थ्य चौकीका इन्चार्ज दामोदर जोशीले स्वास्थ्य चौकीबाट बिरामीको घरघरमा पुगेर जाँच तथा उपचार गर्न सम्भव नभएको बताउनुहुन्छ । उपकरण, जनशक्ति र औषधी अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

कोरोना महामारीको दोस्रो लहर डरलाग्दो रुपमा फैलिएको भारतबाट दार्चुलाका सयौँ नागरिक गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ आएका छन् भन्ने समेत एकिन अभिलेख राखिएको छैन । पोहोर साल भारतबाट आउनेहरूको अभिलेख राख्दै उनीहरूलाई क्वारेन्टाइनको व्यवस्था भए पनि यो पटक निस्फिक्री आउन दिइएको छ । भारतबाट फर्किएकाहरु सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको छ । बाहिरबाट आएकाहरु सिधै परिवारसंग घुलमिल भइरहेकोले झनै जोखिम बढेको स्थानीयहरु बताउछन् ।

दार्चुलामा हालसम्म ५० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दोस्रो लहर फैलिएपछि जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा संक्रमित फेला परिसकेका छन् । नयाँ भेरियण्ट पछि ११ जना स्वास्थ्यकर्मीसहित ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

अस्पतालहरुमा शैय्या अभावमा संक्रमितहरूले भर्ना नै नपाउने अवस्था सिर्जना भएको छ । तराइका अस्पतालमा भर्ना भएका अधिकांश बिरामीको अवस्था जटिल भएकाले उनीहरूलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने भए पनि शैय्या अभावले समस्या परेको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार दैनिक कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन् । विहिबार ११ जनाको मृत्यु भएकोमा शुक्रबार कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ४, कञ्चनपुरका २ र अछामका एक जना छन् । सुदूरपश्चिममा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ६३ जना पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?