मार्मामा थपिए ५ संक्रमित, दार्चुलामा कोरोना सक्रिय संक्रमित ५७ पुगे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा आइतबार (आज) २ स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१७ जनाको एन्टीजेन परिक्षण गर्दा २ स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो ।

मार्मामा आज संक्रमण पुष्टि हुनेमा ३३ वर्षीय पुरुष, १७ वर्षीया महिला, ३० वर्षीय पुरुष, १६ वर्षीया महिला र ३५ वर्षीय पुरुष रहेको उहाँले बताउनुभयो । त्यस्तै मालिकार्जुन गाउँपालिकामा पनि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५७ पुगेको छ । जसमा १३ जना स्वास्थ्यकर्मी रहेका छन। जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भए यता विभिन्न स्थानीय तहमा १३ स्वास्थ्यकर्मी सहित ५७ जनामा कोरोनाा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र व्याँस गाउँपालिका वडा नम्बर ६ मा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला अस्पताल दार्चुलाले समेत संक्रमितको संख्या बढ्दै गएपछि ईर्मेजेन्सी बाहेकका सेवा बन्द गरेको जनाएको छ । आजमात्रै शरीरमा अक्सिजनको मात्रा कम भएपछि व्यास घर भएका नेपाली सेनाका एक जना नायकलाई दार्चुलाबाट काठमाण्डौँ रेफर गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?