दार्चुला । जिल्ला मालपोत कार्यालय दार्चुलाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ ।
आइतबार एक सूचना जारी गर्दै मालपोत कार्यालय दार्चुलाले कोभिड १९ संक्रमणको जोखिम रहेको भन्दै कार्यालयबाट प्रवाह हुने सेवा बैशाख २५ गते सम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख लक्ष्मीराज बिष्टले जानकारी दिनुभयो ।
यो बीचमा प्रशासनिक तथा आन्तरिक काम भने जारी रहने भूमी व्यवस्थापन तथा अभिलेखन विभाग मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि दार्चुला अस्पतालले समेत इर्मेजेन्सी बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।
दार्चुला प्रशासनले कोरोना संक्रमण बढ्दै गएका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरेको छ ।
आइतबारसम्म दार्चुलामा कोरोनाका संक्रिय संक्रमितको संख्या ५७ पुगेको छ ।





प्रतिक्रिया