दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पनि निषेधाज्ञा जारी

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउापालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिका भित्र नयाँ भेरियन्ट सहितको कोरोना भाइसरका संक्रमित थपिन थालेपछि गाउँपालिकाभरी निषेधाज्ञा जारी गरिएको हो ।

गाउँपालिका स्तरीय कोभिड १९ संकट व्यवस्थापन तथा नियन्त्रण समितिको सिफारिसमा गाउँपालिका भरि बैशाख २० गते सोमबार विहान ६ बजे देखि बैशाख ३१ गते बेलुकी ६ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

निषेधाज्ञा अवधिभर गाउँपालिका भित्रका अत्यावश्यक सेवा, खाद्यान्न र ओषधी पसल बाहेक सम्पुर्ण बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको छ । निषेधाज्ञाको अवज्ञा गरेको पाईएमा संक्रामक रोग एन २०२० अनुसार कार्वाही गरिने प्रशासनले जनाएको छ ।

मालिकार्जुनमा निषेधाज्ञा जारी भएसंगै दार्चुलाका निषेधाज्ञा जारी हुने पालिकाको संख्या ५ पुगेको छ । यस अघि जिल्लाको मार्मा गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र व्याँस गाउँपालिकाको वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको छ । स्रोतका अनुसार लेकम गाउँपालिकामा समेत निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ ।

दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता १३ स्वास्थ्यकर्मी सहित ६० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जिल्लाभरी ६० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

सायद 'HR नेपाल सरकार अस्पताल आउने विरामी कुरुवा, अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्थाका लागि सवारीसाधन प्रयोग गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने ६. विवाह, व्रत्तवन्धको हकमा जनस्वास्थ्यका सवै मापदण्ड पालना गर्ने गरी बढीमा १० जना सम्म मात्र भेला हुन पाईने I नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने पत्रकार तथा सत्चारकर्मीको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय-पत्रको आधारमा आवत जावत गर्न दिने Lelec! 919s सिद्धराज जोशी प्रमुख जिल्ला प्रमर जिलली' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?