प्रदेशले माग्यो भेन्टिलेटर फिर्ता, खलंगा र गोकुलेश्वरमा ५०/५० सैय्याको आइसोलेसन बनाइने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले गत मंसिर महिनामा जिल्ला अस्पताल दार्चुलालाई उपलब्ध गराएको दुई वटा आइसियु सहितको भेन्टिलेटर शैय्या मध्ये एउटा फिर्ता मागेको छ ।

सुदूरपश्चिम प्रदेशबाट छ महिना पहिले जिल्ला अस्पताल दार्चुलामा पठाइएको आइसियुसहितको भेन्टिलेटर सैय्या फिर्ता माग गरेको अस्पताल प्रशासनले बताएको छ । जडान भएदेखि जनशक्ति अभावमा थन्किएको भेन्टिलेटर जनशक्ति पठाउनुको सट्टा फिर्ता माग गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालकै जनशक्तिले आइसियु र भेन्टिलेटर प्रयोगमा ल्याउन थालेको भएपनि अहिले आएर मुख्यमन्त्री कार्यालयबाटै एउटा आइसियुसहितको भेन्टिलेटर सैय्या फिर्ताको लागि पत्रचार भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो ।

दार्चुलामा अहिले एक सय बढीमा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा ५०/५० सैय्याको आइसोलेसन निर्माण गरिने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले तत्काल यी दुवै ठाउँमा आइसोलेसन सैय्या तयार गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बैठकले आइसोलेसन सैय्या निर्माणमा चाहिने उपकरण तथा सामग्री खरिदको लागि सम्बन्धित कार्यालय र स्थानीय तहलाई जिम्मेवारी दिएको छ । संघीय सासंदहरुको कोटामा प्राप्त स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत खरिद गरिने सामग्री सबै स्थानीय तहमा पुर्याउने गरी खरिद गर्ने निर्णय गरिएको छ ।

बैठकले सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशबाट कोभिड १९ संक्रमितहरुको लागि अक्सिजन खरिद गर्न दिएको ८० लाख, स्थानीय पूर्वाधार कार्यक्रम जिल्ला अस्पतालको लागि सामग्री खरिदको लागि दिएको एक करोड ३० लाख, प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला अस्पताललाई ५० लाख र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताललाई प्रदेश पूर्वाधार साझेदारी कोषबाट प्राप्त ४० लाख र स्थानीय पूर्वाधार विकास कोषबाट प्राप्त २० लाख रुपैयाँको समाग्री छोटो बाटोबाट खरिद गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?