दार्चुलामा आज १५ जनामा कोरोना, संक्रमितको संख्या १११ पुग्यो, एकको मृत्यु

दार्चुला । दार्चुलामा कोरोनाका संक्रिय संक्रमितको संख्या एक सय ११ पुगेको छ ।

बुधबार (आज) जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ११ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबार शैल्यशिखर नगरपालिकामा चार जना, महाकाली नगरपालिकामा ८ जना, अपिहिमाल गाउँपालिकामा दुई जना र खलंगा पुलघाटमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएपनि परीक्षण अभावमा जिल्लामा धेरै बढी संक्रमित समुदायमा हुनसक्ने भन्दै सचेतना तथा सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ ।

यसैबिच दार्चुलाको मार्मा गाउँपालिकामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो मार्माका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो ।

मार्मामा कोरोना संक्रमित फेला परेपछि गत सातादेखि निषेधाज्ञा जारी गरिएको छ । मंगलबारसम्म १४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट मृत्यु भएका पुरुषको स्वास्थ्य सुरक्षा अपनाएर सास्कृति परम्परा अनुसार अन्तेष्ठी गर्ने तयारी भइरहेको आफन्तजनले बताएका छन् ।

यसअघि दार्चुला घर भएका तीन जना पुरुषको कोरोना संक्रमणपछि उपचारका क्रममा जिल्ला बाहिर मृत्यु भइसकेको छ ।

स्वास्थ्यकर्मीसहित दार्चुलाका सबै स्थानीय तहका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि दार्चुलाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?