लेकमका छ सहित थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११७ पुग्यो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेकमबाट कञ्चनपुर लगेर गरिएको कोरोना परीक्षणमा चार जना पुरुष र दुई जना महिला गरी छ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

लेकमका ६ जना, महाकालीका ८ जना, शैल्यशिखरका चार जना, खलंगा पुलघाटमा एक जना र अपिहिमालका दुई जना गरी बुधबार (आज) मात्रै दार्चुलामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार २१ जना संक्रमित थपिएसंगै दार्चुलामा कोरोनाका संक्रिय संक्रमितको संख्या एक सय १७ पुगेको छ । स्वास्थ्य कार्यालयले ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएपनि परीक्षण अभावमा जिल्लामा धेरै बढी संक्रमित समुदायमा हुनसक्ने भन्दै सचेतना तथा सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ ।

यसैबिच दार्चुलाको मार्मा गाउँपालिकामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो मार्माका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा लटिनाथमा ज्यान गएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो ।

मार्मामा कोरोना संक्रमित फेला परेपछि गत सातादेखि निषेधाज्ञा जारी गरिएको छ । मंगलबारसम्म १४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट मृत्यु भएका पुरुषको स्वास्थ्य सुरक्षा अपनाएर सास्कृति परम्परा अनुसार अन्तेष्ठी गर्ने तयारी भइरहेको आफन्तजनले बताएका छन् ।

यसअघि दार्चुला घर भएका तीन जना पुरुषको कोरोना संक्रमणपछि उपचारका क्रममा जिल्ला बाहिर मृत्यु भइसकेको छ ।

स्वास्थ्यकर्मीसहित दार्चुलाका सबै स्थानीय तहका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि दार्चुलाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

रेडियो लोकदर्पणलाई हालसम्म प्राप्त जानकारी अनुसार, दार्चुलाका दुई स्थानीय तहका प्रमुख, डेढ दर्जन स्वास्थ्यकर्मी सहित केहि कर्मचारी, सुरक्षाकर्मी र स्थानीयमा गरी १२५ जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?