कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार-२०७७ भट्टलाई

दार्चुला । मिडिया विकास समाज दार्चुलाले स्थापना गरेको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ कालापानी न्युज डटकमका पत्रकार बिरा दत्त भट्टलाई प्रदान गरिएको छ ।

मिडिया विकास समाज नेपाल दार्चुलाको यहि वैशाख २२ गते बसेको कार्य समिति बैठकले पत्रकार भट्टलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको मिडिया विकास समाज दार्चुलाका कार्यकारी निर्देशक शंकरसिंह धामीले जानकारी दिनुभयो ।

मिडिया विकास समाज नेपालले हरेक वर्ष दार्चुलामा क्रियाशिलमध्ये एक जना सृजनशील पत्रकारलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्दै आएको छ ।

एक लाख अक्षय कोष रहेको यो पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष पदम सिंह बडालले बताउनुभयो ।

२०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाको वार्षिकोत्सबको अवसरमा प्रदान गरिदै आएको यो पुरस्कार कोरोना महामारीका कारण संस्थाको वार्षिकोत्सव आयोजना गर्न नसकिएकोले केही ढिला गरी टुंगो लागेको बताइएको छ ।

यसअघि कालापानी सिर्जनशील पत्रकारिता पुरस्कारबाट २०६८ सालमा पत्रकार लोकेन्द्र बम, २०६९ सालमा बिरेन्द्र महरा, २०७० सालमा कृष्णसिंह धामी, २०७१ सालमा भागरथी भट्ट, २०७२ सालमा मनोज बडू, २०७३ सालमा किरण धामी, २०७४ सालमा लोकेन्द्र प्रसाद जोशी, २०७५ सालमा सन्तोष कोट्टारी र २०७६ सालमा रामसिंह धामीलाई पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?