दार्चुलाका प्रजिअ जोशीद्धारा आफुले चढ्ने गाडी एम्बुलेन्स बनाउने घोषणा

दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले आफुले चढ्ने गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको छ ।

जिल्लाभरी कोरोना भाइरसको संक्रमण फैलिदो अवस्थामा रहेको, मौजुदा एम्बुलेन्स कोरोना संक्रमित बोक्नमा प्रयोग भएपछि कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्स अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफुले चढ्दै आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको गाडी एम्बुलेन्स प्रयोजनका लागि प्रयोग गर्ने घोषणा गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने उहाँले बताउनुभयो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकमा प्रजिअ जोशीले आफुले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेको बताइएको छ । यद्धपी यो विषयमा औपचारीक निर्णय भने नभएको बैठकका सहभागिहरुले बताएका छन् ।

देशैभरी कोरोनाको महामारी फैलिरहेको अवस्थामा अस्पताल तथा स्थानीय तहहरुसंग हुने एम्बुलेन्स अभावलाई मध्यनजर गर्दै कोरोना संक्रमित बाहेकका बिरामीलाई बोक्न उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने मौखिक रुपमा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घोषणा गर्नु भएको छ ।

दार्चुलाका जनप्रतिनिधिहरुले समेत कोरोना महामारीको समयमा आफुले चढ्दै आएका गाडीहरुको विषयमा यस्तो लोककल्याणकारी र जनप्रीय निर्णय गर्नुपर्ने नागरिकहरुको माग छ ।

यसैबिच दार्चुलामा वैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को चेन ब्रेक गर्न दार्चुलामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाले जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाको शुक्रवार बसेको बैठकले जिल्लामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको तथा सबै स्थानीय तहमा सक्रिय संक्रमित फेला परिरहेको भन्दै निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन दार्चुलालाई अनुरोध गरेको छ । सोहि अनुसार प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?