दार्चुला अस्पतालले प्रदेशले फिर्ता मागेको भेन्टिलेटर फिर्ता नगर्ने

दार्चुला । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल दार्चुलाबाट फिर्ता मागेको भेन्टिलेटर अस्पतालले फिर्ता नगर्ने भएको छ ।

जिल्लाभरी कोरोनाको संक्रमण तिब्र गतिमा बढिरहेको र जिल्लामै भेन्टिलेटर अभाव भएको भन्दै तत्काल भेन्टिलेटर फिर्ता नगरिने अस्पताल प्रशासनले जनाएको छ ।

यसअघि प्रदेश सरकारले छ वटा पहाडी जिल्लाका अस्पताललाई उपलब्ध गराएको भेन्टिलेटर पहाडमा जनशक्ति अभावमा प्रयोग विहिन रहेको भन्दै धनगढी फिर्ता मगाउने उद्धेश्यले पत्राचार गरेको थियो । अहिले दार्चुला अस्पतालमा उपलब्ध जनशक्तिले नै सञ्चालन गर्ने गरी दुवै भेन्टिलेटर प्रयोगमा ल्याइएको जनाइएको छ ।

दक्ष जनशक्ति नहुँदा पनि अहिले उपलब्ध जनशक्तिले सञ्चालन गर्ने गरी भेन्टिलेटर प्रयोगमा ल्याइएको अस्पतालका डाक्टर आर्दश लिम्बुले बताउनुभयो । दार्चुलामा अहिले झण्डै डेढ सय कोरोनाका सक्रिय संक्रमित रहेको र संक्रमित दिनदिनै थपिदै गएकोले भेन्टिलेटर फिर्ता गर्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल दार्चुलामा छ महिना पहिले गत मंसिर महिनामा सुदूरपश्चिम प्रदेश सरकारले पठाएको दुई वटा आइसियुसहितको भेन्टिलेटर सैय्या जडान गरिएको थियो । मन्त्रालयले सुदूरपश्चिमका छ जिल्ला अस्पताललाई आइसियु र दुई÷दुई ओटा भेन्टिलेटर दिएकोमा एउटा भेन्टिलेटर फिर्ता पठाउन पत्राचार गरेपनि दुबै भेन्टिलेटर प्रयोगमा रहेको भन्दै फिर्ता पठाउन नसकिने दार्चुला अस्पतालले प्रतिक्रिया दिएको छ ।

यसैबिच सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुलाई ८० लाखका दरले रकम प्रदान गरिएको छ । प्रदेश सरकारले ६ जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान गरेको हो ।

अक्सिजन प्लान्ट स्थापना गर्नका लागी पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुलामा रहेका जिल्ला अस्पतालहरुलाई प्रतिअस्पताल ८०÷८० लाख रकम प्रदान गरिएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला संक्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको जनाइएको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेशिन खरीदको प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । सुदूरपश्चिममा दैनिक ५ सय अक्सिजन सिलिन्डर आवश्यक परेकामा ३ सय सिलिन्डर मात्रै उपलब्ध भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?