आयुर्वेदिक स्वास्थ केन्द्र दार्चुलाका प्रमुख जोशीको कोरोनाका कारण मृत्यु

दार्चुला । जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एबं बरिष्ठ कबिराज (निरीक्षक) लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

केहि दिन पहिले धनगढीमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल (कोभिड अस्पताल) मा उपचाररत ४५ वर्षीय जोशीको शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ ।

उपचारका लागि गत हप्ता भारतको दिल्ली जानुभएका जोशीलाई भारतबाट फर्किएपछि धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका स्थायी घर भएका जोशीको निधनपछि परिवार शोकमा डुबेको छ । मृतक जोशीका एक छोरा, एक छोरी रहेका छन् ।

यसअघि शनिबार (आज) बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का एक महिलाको कोरोनाकै कारण गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएका उहाँको शनिबार बिहान मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताउनुभयो। उहाँको अस्पताल ल्याउँदा शरिरमा अक्सिजनको मात्रा निकै कम ४५ प्रतिशत रहेको अन्सारीले बताउनुभयो ।

मृतकको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गरी पारिवारिक संस्कार अनुसार नै अन्तेष्टी गरिएको छ ।

मृतक दमका बिरामी रहेको अस्पतालले जनाएको छ । उहाँको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। हालसम्म कोरोनाको कारण दुई जनाको जिल्ला भित्र तथा चार जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको छ ।

दार्चुलामा अहिले १४८ जना सक्रिय संक्रमित रहेको र अधिकासंको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?