दार्चुला । चीन र भारतको सीमा जोड्ने दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ का छाङरु र तिंकर गाउँ लगायत त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहिन बनेको छ ।

नेपाल टेलिकमको स्काई टावर रहेको छाङरुको सर्चिकोट डाडामा भारी हिमपात हुदाँ एन्टीना र सोलार हिउले पुरिएको अवस्थामा रहेकोले सञ्चार अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । हिमपातले क्षति भएको यकिन गरि सामान काठमाण्डौबाट ल्याएपछि मात्रै स्काई टावर सञ्चालन गर्न सकिने उहाँले बताउनुभएको छ ।

छाङरुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका लागि भने दुई वटा सेटेलाइट ल्याण्डलाइनहरु जडान गरिएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । छाङरुमा गत बर्षदेखि भायनेट सञ्चालनमा भएपनि सबैको पहुँचमा नरहेकोले अधिकासं स्थानीय आफन्त, इष्टमित्रहरुसंग सम्पर्कविहिन रहेका छन् ।

छाङरुमा निर्माण गरिएको नमस्ते (जिएसएम) फोन सेवाको टावर समेत सञ्चालन भइसकेको छैन् । नमस्तेको टावरमा एन्टीना जडान, भवन निर्माण लगायतको काम सम्पन्न भएको भएपनि रिपिटर टावरको प्रविधि जडान गर्न बाकी रहेको बताइएको छ । छाङरुमा नमस्ते टापर सञ्चालनका लागि सुन्सेराको कैचुला टावरबाट रिपिटर टावर राख्नुपर्नेछ ।

यसैबिच शनिबार विहानदेखि दार्चुलाको मार्मा र नौगाड गाउँपालिका क्षेत्रमा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । नौगाडमा रहेको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । लेकम क्षेत्रमा समेत टावरसम्म विद्युतिकरण नहुदा विद्युत अभावमा रातीको समयमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ ।

सञ्चार सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । आकस्मीक रुपमा गर्नुपर्ने सञ्चार सम्पर्कबाट विमुख हुनुपरेको सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?