दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न तीन दलले राष्ट्रपतिलाई आह्वान गरेका छन्।
तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन्।
विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको अवस्थामा काँग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई यस्तो प्रक्रिया थाल्न सुझाव दिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन्।
के छ धारा ७६ ९२० मा ?
संविधानको धारा ७६ को २ मा लेखिएको छ – उपधारा १ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।






प्रतिक्रिया