दार्चुला । बुधबार बेलुकी परेको असिनापानीका कारण दार्चुलाका विभिन्न गाउँमा तरकारी बालि र फलफुल खेतीमा क्षती भएको छ । असिनापानीको कारण तरकारी, फलफुल र कृषि बालीमा व्यापक क्षती भएको कृषकहरुले जानकारी दिएका छन् ।

असिनापानीको कारण कृषि बालीमा व्यापक क्षती भएको मिलमिलिका स्थानीय रमेशराज बिष्टले बताउनुभयो । यस्तै अमतोलीका स्थानीय रामदत्त पन्तका अनुसार असिनापानी र ढलको पानीका कारण तरकारीखेतीमा व्यापक क्षती भएको छ । अमतोलीमा माथिबाट आएको ढल अर्थात भलका कारण तरकारीका साथै पानीको धारा र शौचालयमा क्षती भएको उहाँले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका सहित जिल्लाका विभिन्न स्थानीय तहमा असिनापानीका कारण तरकारी खेतीमा क्षती पुगेको कृषकहरुको गुनासो छ । भित्याउने बेला भएको तरकारी, फुल्न लागेको सन्तोला, आप, मौसमी लगायत फलफुल र उम्रिनै लागेको मकै खेतीमा व्यापक क्षती भएको लेकमका कृषक धनन्जय जोशीले बताउनुभयो ।

विभिन्न ठाउँमा गरी लाखौँको कृषि बाली क्षती भएकोले स्थानीय सरकारले राहतको व्यवस्था गर्नुपर्ने कृषकहरुको माग छ ।

सायद घरबाहिर तथा रूख को तस्बिर हुनसक्छ

सायद घरबाहिर तथा 'SHOT ON AI DUAL AMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद प्रकृति तथा snow को तस्बिर हुनसक्छ

सायद प्रकृति, आकाश तथा 'SHOT ON REDMI7 AI DUAL CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

तस्बिर : रमेशराज बिष्टको फेसबुकबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?