दार्चुला । जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट खरिद प्रक्रियामै ढिलाई भएको छ ।
अक्सिजन सप्लार्यसले जिल्लाको लागि अक्सिजन प्लान्ट ढुवानीको लागि दररेट दिन नसक्दा खरिद प्रक्रिया ढिलाई भएको बताइएको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिद प्रक्रिया अघि बढाउने तयारी गरिसकेको अवस्थामा सप्लायर्सले दर रेट उपलब्ध नगराउदा खरिद प्रक्रियामा ढिलाई भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो ।
हामीले यताबाट गर्ने तयारी गरिरहेका छौ, उहाँले भन्नुभयो, आपूर्तिकर्ताले खरिदको लागि मागेको दररेट उपलब्ध नगराउदा ढिलाइ भएको हो । देशभर अहिले अक्सिजन प्लान्टको हाहाकार भएकोले आपूर्तिकर्ताले अक्सिजन प्लान्टको दररेट उपलब्ध गराउन नसकेको जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर अर्दश लिम्बुले बताउनुभयो ।
अहिले जिल्लाका लागी अक्सिजन भएपनि निकट भविष्यमा सञ्चालन हुने ५० वेड सैयाको अस्पताललाई पुग्ने गरी अक्सिजन प्लान्ट खरिद गर्न प्रक्रिया अगाडी बढाइएको सूचना अधिकारी भट्टले बताउनुभयो । ५० सैयाको लागी पुग्ने गरि ठूलो अक्सिजन प्लान्ट खरिदको लागि आपूर्तिकर्तासँग दररेट माग गरिएको छ । दररेट आउने वित्तिकै थप प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ ।
अस्पतालले तीन दिनभित्र दररेट उपलब्ध गराउन सूचनासमेत सार्वजनिक गरेको छ । जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट खरिदको लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८० लाख रुपैया बजेट विनियोजन गरेको छ । अहिले दार्चुलामा तीन सय बढी कोरोना संक्रमित छन ।
गोकुलेश्वर अस्पतालमा समेत अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट उपलब्ध गराउन शैल्यशिखर नगरपालिकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस : दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०९ पुग्यो





प्रतिक्रिया