शैल्यशिखरको बन्तोली र लेकमको पिडमा राष्ट्रिय प्रसारणको विद्युत चार्ज

दार्चुला । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ७ बोहोरीगाउँ, बन्तोलीमा बुधबार राष्ट्रिय प्रसारण लाइनको विद्युत चार्ज गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला अन्तरगत गोकुलेश्वर कार्यालयका प्राविधिकहरुको उपस्थितिमा बन्तोलीमा जडान गरिएको ५० केभिए ट्रान्सफर्मर चार्ज गरिएको स्थानीय प्रेमपल्लब जोशीले बताउनुभयो ।

केहि समयभित्रै बोहोरीगाउँ, बन्तोली गाउँमा विद्युतीकरण सम्पन्न गरेर बिजुली बाल्ने उद्धेश्य अन्तरगत ट्रान्सफर्मर सफल चार्ज गरिएको प्राविधिक सुरेश भट्टले बताउनुभयो ।

बन्तोली र बोहोरीगाउँका सबै घरमा विद्युतीकरण भए दुई सय बढी घरधुरीमा बिजुली बल्ने स्थानीयले बताएका छन् । तत्काल झण्डै ७० घरधुरीमा बिजुली बल्ने र केहि समय भित्रै बाकी घरधुरीमा समेत विद्युतिकरणको काम सम्पन्न गरेर गाउँभरी बिजुली बल्ने प्राविधिक भट्टले बताउनुभयो ।

गाउँमा राष्ट्रिय प्रसारणको ट्रान्सफर्मर चार्ज भएसंगै छिटै गाउँमा बत्ती बलेर झिलिमिलि हुने भन्दै स्थानीय हर्षित भएका छन् । अहिले विद्युतिकरणको काम भइरहेको र विद्युतिकरण भइसकेका घरधुरीले विद्युत मिटरका लागि आवेदन फाराम भर्ने काम गरिरहेको स्थानीय प्रेम जोशीले बताउनुभयो ।

सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

केहि दिन अघि लेकम गाउँपालिका वडा नम्बर ५ पिड र गोगुना टोलमा समेत राष्ट्रिय प्रसारण लाइनको विद्युत बाल्न ट्रान्सफर्मर चार्ज गरिएको थियो । पिड र गोगुना गाउँमा विद्युत बलेपछि ६० बढी घरधुरी लाभाबिंत हुने स्थानीयहरुले बताएका छन् ।

५० केभिए क्षमताको ट्रान्सफर्मर चार्ज भएसंगै छिटै गाउँमा विद्युत बल्ने भन्दै पिड र गोगुना गाउँका स्थानीय हर्षित भएका छन् । घरमा विद्युत मिटर जडानका लागि सिफारिससहित आवेदन फाराम तथा मिटर बुक भरेर पठाइएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दिपेन्द्रसिंह बोहराले बताउनुभयो ।

हालसम्म दार्चुलाको झण्डै ४० प्रतिषत घरधुरीमा विद्युतिकरण भएको छ । विद्युतिकरणमा ढिलाइ भएको जनगुनासो छ । जिल्लाको आधाभन्दा बढी जनसंख्या अहिलेपनि विद्युतबाट बञ्चित रहेकोले विद्युतिकरणको काम छिटो गर्न उपभोक्ता तथा आम नागरिकले अनुरोध गरेका छन् ।

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर को तस्बिर हुनसक्छ

सायद घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?