व्यासमा कुवँरलाई प्रशासकीय अधिकृतको जिम्मेवारी (पत्रसहित)

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा चन्द्रसिंह कुवँरले निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।

यहि बैशाख १९ गते व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको दुहुँ गाउँपालिका र जिल्ला समन्वय समितिमा सरुवा भएपछि स्वास्थ्य शाखा संयोजकको जिम्मेवारीमा रहनुभएका कुवँरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी दिइएको हो ।

प्रमुख प्रशासकिय अधिकृत भट्टको सरुवा भएपछि कुवँरले नै जिम्मेवारी सम्हालेपनि मन्त्रालयले आर्थिक तथा प्रशासनिक अख्तियारी नदिएका कारण एक साता कार्यसम्पादनमा समस्या भएको थियो । व्यास गाउँपालिकाको अनुरोधपछि मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखा संयोजक कुवँरलाई गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि छैटौ तहका अधिकृत कुवँरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयका शाखा अधिकृत टेकराज आचार्यले जानकारी दिनुभयो । व्यास गाउँपालिकामा भगौलिक बिकटता र राजनीतिक खिचातानीका कारण प्रमुख प्रशासकिय अधिकृतहरु धेरै समय नटिक्ने गरेको बताइन्छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?