दार्चुला सदरमुकाममा ५० शैय्याकोे आईसोलेशन सेन्टर

दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा आइसोलेसन सेन्टर निर्माणको काम शुरु भएको छ ।

कोरोना संक्रमित बिरामीको सहजता तथा जीवन रक्षाका लागी महाकाली नगरपालिका क्षेत्र भित्र अक्सिजन सहित ५० शैय्याको आईसोलेशन सेन्टर निर्माण भइरहेको नगर प्रमुख हंसराज भट्टले बताउनुभयो ।

यसअघि प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर जिल्ला भरी फैलिसकेकोले दार्चुलाको खलंगा र गोकुलेश्वरमा ५०/५० सैय्याको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।

सासंदहरुको सिफारिसमा विनियोजन भएको स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट खलंगामा अक्सिजन सहितको आईसोलेशन तयार भइरहेको नगरपालिकाले जनाएको छ । धनगढीबाट आवश्यक सामाग्री पुगेसंगै अक्सिजन सहित ५० शैय्याको आईसोलेशन नगरपालिकाको वडा नम्बर ४ सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माविको भवनमा तयार गरिदैछ ।

जिल्ला अस्पतालसंगको सहकार्यमा आइसोलेसन सेन्टर संचालनमा ल्याइने बताइएको छ । उक्त आईसोलेशनमा अक्सिजन दिनु पर्ने बिरामीलाई राखिने नगरपालिकाले जनाएको छ । महाकाली नगरपालिका सहित दार्चुला जिल्ला भरी तीन सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । दार्चुलामा कोरोनाका कारण चार जनाको मृत्यु भइसकेको छ ।

यसैबिच गोकुलेश्वर अस्पतालसंगको सहकार्यमा शैल्यशिखर नगरपालिकाले समेत २५ बेडको आइसोलेसन सेन्टर तयार गरेको छ । साविकको शैल्यशिखर नगरपालिका भवनमा २५ बेडको आइसोलेसन तयार गरिएको शैल्यशिखरका नगरप्रमुख अमरसिंह धामीले बताउनुभयो । नगरप्रमुख धामीका स्वकीय सचिव सुरेश बिष्टका अनुसार आइसोलेसन सेन्टरमा अक्सिजन, शौचालय, खानेपानी लगायत आवश्यक पुर्वाधारको व्यवस्थापन गरिएको छ ।

No description available.

अहिले नगरपालिकाको आइसोलेसनमा एक जना पनी बिरामी बस्नुभएको छैन् । आइसोलेसनमा बस्ने बिरामीहरुको चाप हेरेर बेड थप गरिने नगरपालिकाले जनाएको छ । जिल्लाभरी कोरोना संक्रमित फेला परेपछि कोरोना उपचार, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?