दार्चुला अस्पतालमा कोरोनाका कारण एक पुरुषको ज्यान गयो

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विहिबार (आज) राती ९ बजे उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैका एक पुरुषको मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

मृतक पुरुषमा केहि दिन पहिले कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । व्यासँ गाउँपालिकाका, नौगाड गाउँपालिका, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका एक एक जना पुरुष र शैल्यशिखरका एक महिला संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा विहिबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुला, पुलघाट सिमानाका र महाकाली नगरपालिकामा गरिएको एन्टीजेन परिक्षणमा महाकाली नगरपालिकाका सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

आज थपिएका सहिज दार्चुलामा दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय १६ पुगेको उहाँले जानकारी दिनुभयो । संक्रमितमध्ये २४ जना निको भएका छन् । भने पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?