दार्चुलामा ३२४ जनामा कोरोना पुष्टि, युवा उमेर समुहमा बढी संक्रमण

दार्चुला । दार्चुलामा शुक्रबार (आज) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टीजेन विधिबाट गरिएको परीक्षणमा जिल्लामा मार्मा गाउँपालिकामा ५ जनामा र महाकाली नगरपालिकामा ३ जनामा गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर शुरु भए यता संक्रमण पुष्टि हुनेको संख्या ३ सय २४ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो । कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलाका सबै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।

पहिलो चरणमा सबै भन्दा कम कोरोना संक्रमित फेला परेको जिल्लाको अपिहिमाल गाउँपालिका दोस्रो लहर सुरु भए यता जिल्लामै कोरोना संक्रमण फैलिने स्थानीय तहको पहिलो नम्बरमा परेको छ । हालसम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबै भन्दा बढी एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाकाली नगरपालिकामा ९७ जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, ब्याँस गाउँपालिकामा ६ जनामा, दुहुँ गाउँपालिकामा १० जनामा, मार्मा गाउँपालिकामा २७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा र लेकम गाउँपालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

जिल्लामा कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु भइसकेको बोहराले बताउनुभयो । विहिबार राती महाकाली नगरपालिकाका एक पुरुषको कोरोनाका कारण ज्यान गएको थियो ।

दार्चुलामा २९ जना कोरोना संक्रमण मुक्त भएका छन । अहिले जिल्लाभरी २ सय ९० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संक्रमित मध्ये अधिकासं होम आइसोलेनमै बसेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला अस्पताल दार्चुलामा ९ जना संक्रमितको उपचार भइरहेको छ ।

यस्तै दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता युवा उमेर समुहमा संक्रमण बढी देखिएको छ । जिल्लामा २० बर्ष देखि ४० बर्षका युवाहरुमा कोरोना संक्रमण बढी देखिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सहजकर्ता बोहराले बताउनुभयो ।

२० देखि ४० बर्ष उमेर समुहका १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?